रुस–युक्रेन युद्धसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा उत्तर कोरियाको एक बाल शिविरमाथि स्विट्जरल्यान्डले प्रतिबन्ध लगाएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उत्तर कोरियाले प्योङयाङस्थित स्विस कूटनीतिक कार्यालय बन्द हुन सक्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरमाथिको प्रतिबन्धलाई आफ्नो देशको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घन र खुला शत्रुतापूर्ण कार्य भनेकी छन् । उनले उक्त शिविरले रुससँगको वैध सहयोगलाई समर्थन गरेको दाबी गरिन् । तर युक्रेनबाट लगिएका बालबालिकालाई त्यहाँ पुनःशिक्षाका लागि पठाइएको भन्ने पश्चिमा आरोपबारे उनले प्रतिक्रिया दिएकी छैनन् ।






