२५ जेठ ,काठमाडाैं

अर्थमन्त्री डा. प्रकाशशरण महतले वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउन सके लगानीकाे क्षेत्र पनि बढ्छ भन्ने धारणा व्यक्त गरेका छन्।

बिहिबार नेपाल धाेताेपत्र बाेर्डकाे ३१ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले  सेयर बजारमा फाइनान्सियल सेक्टर र हाइड्राेपावर मात्रै सुचीकृत भएकाे भन्दै वास्तविक क्षेत्रका कम्पनीलाइ पनि सुचीकृत गराउनुपर्ने बताएका हुन्।

‘वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउन सके लगानीको क्षेत्र पनि बढ्छ,’ उनले भने, ‘कम्पनिहरूको पारदर्शिता सुनिश्चित हुन्छ ।’

यस्तै अर्थमन्त्री महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकाे लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताएका छन् ।उनले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताए ।

‘सेयर बजार सिमित मान्छेले मात्रै फाइदा कमाउने हुन हुँदैन । बैंकमा निक्षेप राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नेलाई संरक्षण हुनुपर्छ,’ उनले भने, ‘सेयर बजारलाई स्वस्थ, विस्तारित र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र बैंकको भूमिकाकझ लागि पहलकदमी हुन्छ।’

सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए ।