काठमाडौं, २८ साउन
मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर फिरौती असुलेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। प्रहरीले ५ जना बंगलादेशी र २ जना नेपालीसहित उक्त प्रकरणमा संलग्न भएको अभियोगमा ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बंगलादेश गाजीपुर घर भई काठमाडौं महानगर-९ कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर होसेन, बंगलादेश बरिसाल घर भई ललितपुर महानगर-२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मिया र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली छन्।
त्यस्तै बंगलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, ढाका घर भई काठमाडौं कपुरधारा बस्ने ३४ वर्षीय जाहङगिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई छन्।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

नेपालले हानि तथा नेक्सानी कोषबाट ३ अर्ब रुपैयाँ तुरुन्तै पाउनसक्छ : परराष्ट्रमन्त्री खनाल
असाेज ११ गते २०८३
ट्रम्प-सी तनाव कायमै, भेट बाक्लाे
असाेज ११ गते २०८३
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
असाेज ११ गते २०८३
एक हजार ३०३ मेगावाट बिजुली अवरुद्ध
असाेज ११ गते २०८३
महाधिवेशनका लागि ७ लाख ८३ हजार बढी क्रियाशील सदस्य रहेको संस्थापनइतरको दाबी
असाेज ११ गते २०८३
पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा
असाेज ११ गते २०८३
चोलेन्द्र प्रकरणमा नयाँ ट्वीस्ट- पक्राउ नै नगरिएको प्रहरीको दाबी
असाेज ११ गते २०८३
