१३ असार, काठमाडाैं
नेपाली बजारमा आज सुनको मूल्य ६०० रूपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेकाे छ।
साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
बुधबार चाँदीको भाउ स्थिर रहेकाे छ। मंगलबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आजपनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।