काठमाडाैं,२१ असार

नेपाली बजारमा बिहिबार सुनकाे मुल्य १ सय रूपैँयाले बढेकाे छ। छापावाल सुन आज प्रतिताेला एक लाख १० हजार ७ सय रूपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

साथै तेजाबी सुन एक लाख १० हजार १५० रूपैँयामा काराेबार भइरहेकाे छ।

तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।