काठमाडाैं,२६ असार
आज पनि नेपाली बजारमा सुनचाँदीकाे मुल्य स्थिर रहेकाे छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी आइतबारकै मूल्य १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।