यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८८ अङ्कले बढेर बन्द भएको छ । नेप्सेमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि आएसँगै परिसूचक २१८२ अङ्कमा पुगेर रोकिएको छ । गत साताको शुक्रबार नेप्से परिसूचक २०९४ अङ्कमा कायम थियो ।
यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये ४ दिन नेप्से परिसूचक बढेसँगै ४ प्रतिशतभन्दा बढीको सुधार आएको हो । साताका ५ दिनमध्ये बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसक्रममा यो साता साढे १२ अर्ब बढीको कारोबार भएको छ ।
गत साताभर १३ अर्ब बढीको कारोबार भएको थियो । जुन, यो सातामा भएको कारोबारको तुलनामा ५० करोड बढी हो । परिसूचक बढेसँगै बजार पुँजीकरण समेत बढेको छ । यो साता बजार पुँजीकरण १ खर्ब २७ अर्ब रुपैयाँ बढेर २१ खर्ब ४९ अर्ब रुपैयाँ कायम भयो ।
गत साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब २२ अर्ब रुपैयाँ थियो । यसका साथै, यो साता सेन्सेटिभ इन्डेक्स ४.२८ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ४.२४ प्रतिशतले बढेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स ४.६३ प्रतिशत बढेको छ ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै
कार्तिक ७ गते २०८३
यस वर्ष दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी
कार्तिक ७ गते २०८३
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
कार्तिक ७ गते २०८३
एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
कार्तिक ७ गते २०८३
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले लगानीकर्तालाई नयाँ व्यावसायिक सम्भावना खोज्न प्रोत्साहित गर्छ: पन्त
कार्तिक ७ गते २०८३
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
कार्तिक ७ गते २०८३
दशैँपछि आफ्नो पुरानै लयमा काठमाडौँ उपत्यका: सार्वजनिक यातायातमा भीड
कार्तिक ७ गते २०८३
