काठमाडौं,
१० चैत । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ ।
छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ८ सय र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको कारोबार बिहीबार कै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३ सय ८० रुपैयाँ तोकिएको छ ।








