खुलामञ्चमा भौतिक संरचना नबनाउन अक्युपाई टुँडिखेलको चेतावनी

समाचार शेयर गर्नुहोस्

खुलामञ्चमा कुनै पनि भौतिक संरचना नबनाउन अक्युपाई टुँडिखेलले काठमाडौं महागनरपालिकालाई चेतावनी दिएको छ।

अक्युपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले आइतबार प्रेस विज्ञप्ति जारी गरी खुलामञ्चमा दुई वटा फूटबल मैदान बनाउने महानगरको तयारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। भौतिक संरचना निर्माण नगरी खुलामञ्चलाई खुला नै राख्नुपर्नेमा जोड दिइएको छ।

‘जनताले ऐतिहासक समयकालदेखि आफ्नो हक अधिकारको लागि आवाज उठाउने खुल्ला सार्वजिनक ठाउँ टुँडिखेललाई यथास्थितिमा जोगाएर राख्नुको कुनै बिकल्प छैन,’ अभियानले भनेको छ, ‘यस मैदान सम्पदामा कुनै प्रकारको निर्माण वा हस्तक्षेप नितान्त ग़लत हो। परापूर्व कालदेखि संरक्षित रहँदै आएको घाँसे मैदानलाई निरन्तरता दिएर हाल ताला लगाई रहेको खुल्ला मञ्च जनताको लागि खुल्ला गरी बच्चादेखि वृद्धसम्मका जनतालाई आवश्यकता अनुसारको क्रियाकलाप गर्न दिन स्थानिक सरकारलाई यस अक्युपाई टुँडिखेल अभियान अनुरोध गर्दछ।’

खुलामञ्चमा फूटबल मैदान बनाउँदा लैनचौरकै अवस्था आउनेतर्फ सचेत गराइएको छ। भूकम्प तथा प्राकृतिक प्रकोपको दृष्टिकोणले समेत खुल्लामञ्चको संरक्षण गर्नु पर्ने उल्लेख गर्दै अभियानले भनेको छ, ‘खुल्लामञ्च नागरिकको लागि खुल्ला रहँदा नै बहुप्रयोजन र आफ्नो नयाँ कुरा सिर्जना गर्न सक्ने, पोख्न सक्ने थलो बन्न सक्छ। अन्यथा खुल्लामञ्चले लैनचौरको कृतिम फूटसल पार्क र त्यहाँको स्थानियले जस्तै दुर्गति भोग्नु पर्ने कुरा समेत स्मरण योग्य छ।’

खुलामञ्चमा फूटबल मैदान बनाउने खोजेमा संघर्षमा उत्रिने अभियानले जनाएको छ। अभियानले भनेको छ, ‘टुँडिखेलको अभिन्न अङ्ग रहेको खुल्लामञ्चमा केहि निर्माण गर्नु भन्दा व्यवस्थापनमा जोड दिन अनुरोध गर्दछौं।’
https://www.himalkhabar.com/news/139686

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।