काठमाण्डाैँ,

मौलिक कलाले सम्पन्न भूमि सुदूरपश्चिम प्रदेशको धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आजबाट सुरु भएको छ।

भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमाञ्चल साहित्य समाजले तिन दिनसम्मकाे विश्व नेपाली नारी साहित्य महोत्सवको आयोजना गरेको हो।

यस्तै साहित्य महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो। साहित्य महोत्सव उद्घाटनको अवसरमा विभिन्न सामुदायको मौलिक नृत्य प्रस्तुत गरिएको थियो।

महोत्सवमा नेपालसहित भारत, भुटान, अमेरिका लगायतबाट नेपालीभाषी साहित्यकारको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। समाजका सल्लाकार रामलाल जाेशीका अनुसार यस तिनदिन सम्म चल्ने साहित्य महाेत्सवमा संस्कृति र साहित्यसँग सम्बन्धित विविध विषयमा छलफल हुने बताए।

महोत्सवमा चर्चित कृति जीवन काँडा कि फूलका लेखक झमक घिमिरेसहित देशभरकै चर्चित साहित्यकारको सहभागिता छ। महोत्सवको पहिलो दिन साँझ काव्य अराधना र दोस्रो दिन गजल सन्ध्या पनि हुने आयोजकले जानकारी दिएको छ।