काठमाण्डाैँ,

चैत २४ गते (शुक्रबार) नेपाली बजारमा सुनकाे मुल्य २०० रूपैँयाले घटेकाे छ भने चाँदीकाे मुल्य ५ रूपैँयाले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ।

यसअघि, बिहिबार सुनकाे मुल्य ८०० रूपैँयाले घटेकाे थियाे। छापावाल सुनकाे मुल्य १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ कायम रहेको थियो।