काठमाण्डाैँ,
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका सपहीस्थित बीपी कोइराला माविस्थित परीक्षा केन्द्रमा खटिएका निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार कक्षाकोठा बाहिरबाट प्रश्नपत्रका उत्तर आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि जनता आधारभूत माध्यमिक विधालय (बनिगा, लक्ष्मिनियाँ) का शिक्षक निरीक्षक यादवलाइ पक्राउ गरिएकाे हाे।
परीक्षा निरिक्षकले नै मोबाइल प्रयोग गरी ह्वाट्सएपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीले सारिरहेको पाइएको थियो। मोबाइल यादवको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
देशभर आज एकसाथ एसईई भएकाे छ । पहिलाे दिन अनिवार्य अंग्रेजी विषयकाे परीक्षा भएकाे र परीक्षा बिहान ८ बजे सुरू भइ बिहान ११ बजे सकिनेछ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
माघ ९ गते २०८२
बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
माघ ९ गते २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय
माघ ९ गते २०८२
मनाङमा एमाले र राप्रपाको उमेदवारी फिर्तासँगै तीनजना मैदानमा
माघ ९ गते २०८२
दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
माघ ९ गते २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
माघ ९ गते २०८२
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
माघ ९ गते २०८२
