नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । शनिबार (माघ ३) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बैठकबाट प्रत्यक्षतर्फको उमेदवार छानिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यही माघ ६ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । प्रत्यक्षतर्फ १६५ पदका निम्ति निर्वाचन हुनेछ ।








