नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले कांग्रेस छोड्ने तयारी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले केही निकृष्ट पात्रका कारण उनकै ‘निर्दोष कांग्रेस’लाई छोड्नैपर्ने भएको उल्लेख गरेका छन् ।
‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु । धेरैपटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी-गरिदिएँ, कैयौँको जीवन जोगाइदिएँ’, बजगाईंले भनेका छन्, ‘एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छोड्नैपर्ने भयो ।’








