लायन्स क्लव अफ नारायणगढ सप्तरंगी मा नबिन रिजाल अध्यक्षमा निर्वाचित

समाचार शेयर गर्नुहोस्

चितवन २०८१ चैत्र २३

लायन्स क्लव अफ नारायणगढ सप्तरंगीको अध्यक्षमा वर्ष २०२५ /२०२६ का लागी लायन नविन रिजाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। वर्ष २०२४/ २०२५ का अध्यक्ष शिव प्रसाद शर्माको अध्यक्षता मा होटल राइजिङ , गैंडाकोटमा बसेको दोस्रो वार्षिक साधरण सभा तथा प्रथम अधिवेसन वाट रिजाल निर्वाचित हुनुभएको हो। कार्यक्रमको प्रमुख अतिथी cluster -4 का chief PMJF लायन सरदमणी खराल (सरोज) रहनु भएको थियो।रिजालको नेतृत्वमा सात सदस्यीय समिती गठन भएको छ। प्रथम उपाध्यक्षमा ः श्री होम बहादुर चन्द, दितिय उपाध्यक्ष: श्री वाबुराम रिजाल (विवेक) , सचिव: श्री खेम कुमार अर्याल, कोषाध्यक्ष:श्री राजकुमार गुरुङ , सह सचिव: श्री प्रतिभा आचार्य, सहकोषाध्यक्ष: श्री वैकुण्ठ राज वराल रहनु भएको छ। विशेषत ग्लोवल कज अन्तर्गतका ८वटा क्षेत्रहरुमा लायन्स क्लव इन्टरनेशनल ले विश्वभर कार्यक्रम गर्दै आइरहेको छ।

तस्बिर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।