नेपाली कांग्रेसका सभापति गगन थापा बाराको सिमरा पुगेका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचनमा होमिएका उनी प्रचारप्रसारका क्रममा सोमबार बिहान सिमरा पुगेका हुन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रघु कार्कीका अनुसार सिमराबाट सर्लाही ४ तर्फ थापा अगाडि बढेका छन् ।
उनलाई सिमरा विमानस्थलमा नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
गगन यसअघि काठमाडौं ४ बाट निर्वाचन लड्दै आएका थिए ।
यसपटक भने उनी सर्लाही पुगेका छन् । उनलाई कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार पनि घोषणा गरिसकेको छ ।








