काठमाडौं– बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको छ ।

काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार पनि खुल्न बाँकी रहेको छ । यस बाहेक अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।

मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।