भारतको गाजियाबादमा तीन दिदीबहिनीले सामूहित आत्महत्या गरेका छन् । प्रहरीका अनुसार बुधबार बिहान तीन नाबालिग दिदीबहिनीले आत्महत्या गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरी अधिकारीहरूले यस घटनामा तीनै जना अनलाइन कोरियन गेमको लतमा परेको कोणबाट पनि अनुसन्धान गरिरहेका छन् ।
एक प्रहरी अधिकारी अतुलकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट तीनै बहिनी कथित ‘लभ गेम’ नामक अनलाइन गेमको लतमा रहेको खुलेको बताएका छन् । उनका अनुसार उक्त गेममा विभिन्न टास्कहरू दिइन्छन् ।
सिंहका अनुसार बालिकाहरूका अभिभावकले अत्यधिक गेम खेल्न नदिन उनीहरूलाई रोक्दै आएका थिए । मृतक तीन बच्चीको उमेर क्रमशः १६ , १४ र १२ वर्ष थियो ।








