तराई-मधेसका जिल्लाको चुनावी अभियानमा रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज झापा पुगेका छन्।

आज बिहान उनी काठमाडौँबाट हवाईमार्ग हुँदै झापा (भद्रपुर) पुगेका हुन्।

झापामा रहँदा उनले उनेपाका उम्मेदवार र मतदातालाई भेट्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

पूर्वमन्त्रीसमेत घिसिङले अरुलाई प्रधानमन्त्री बनाउन नभएर आफैँ प्रधानमन्त्री बनेर देश परिवर्तन गर्न राजनीतिमा लागेको बताउने गरेका छन्।

उनी गएको बिहीबार चुनावी अभियानको क्रममा मधेसको राजधानी जनकपुर पुगेका थिए।

उनेपालले देशभरका १६५ मध्ये १२१ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ। घिसिङ काठमाडौँ-३ बाट उम्मेदवार बनेका छन्।