काठमाडाैं,१५ साउन
आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ।
आजकाे बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ।
यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नुहुने छ ।