तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लंनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लंनका १६ वटा उजुरी परेका बताउँदै त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टीकरण लिई आचारसंहिताको कार्यान्वयनका लागि सचेत गराइएको जानकारी दिए ।
तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार श्रीराम न्यौपानेद्वारा केही सामुदायिक विद्यालयमा वितरण गरिएको डिजिटल स्मार्ट बोर्डमा तस्बिर/संकेत भएका बारेमा उजुरी परेपछि उक्त बोर्डबाट न्यौपानेको फोटो हटाउन लगाइएको प्रजिअ तिवारीले बताए ।
उनका अनुसार सोबाहेक राजनीतिक दलले भीड प्रर्दशनी गरेको, झन्डा धेरै प्रयोग गरेको, सरकारी कर्मचारी पनि निर्वाचनको प्रचारमा हिँडेकोलगायत विषयमा उजुरी परेका छन् ।
उजुरीबारे सम्बन्धित पक्षलाई सचेत गराई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले उल्लेख गरे । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।
आचारसंहिता उल्लंन अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलाई जिम्मेवारी तोकिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको आवश्यक पर्ने भएकाले आचारसंहिता पालना गर्न अनुरोध गरिएको रेग्मीले बताए ।
प्रचारप्रसारका क्रममा कानुन र निर्वाचन आचारसंहिताको पालना अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै रेग्मीले सबै राजनीतिक दल, उमेदवार, समर्थक तथा सरोकार भएका पक्षलाई मर्यादित व्यवहार गर्न आग्रह गरे ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको छ भने निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी नियमित अनुगमन भइरहेको छ । कुनै पनि किसिमका
तनहुँ–१ मा १६ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट भगवती न्यौपाने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट विद्यानाथढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. स्वर्णिम वाग्ले, नेकपा (माओवादी)बाट ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीबाट काशीराम गुरुङ प्रतिस्पर्धामा छन् ।
आमजनता पार्टीबाट चिजामाया अधिकारी, स्वतन्त्र उमेदवार दीपकराज जोशी, मंगोल अर्गनाइजेसन पार्टीबाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट मञ्जिल राना, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर
तनहुँ–२ का निर्वाचन अधिकृत भेषराज पौडेलले यस क्षेत्रमा कुनै उजुरी नपरेको जानकारी दिए । यस क्षेत्रमा ११ जना उमेदवार चुनाव लड्दै छन् ।
कांग्रेसबाट शंकर भण्डारी, एमालेबाट केदार सिग्देल, नेकपाबाट सोमबहादुर थापा, रास्वपाबाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राप्रपाबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल अर्गनाइजेसनबाट सुष्मा आले, नेसनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी र नेकपा (माओवादी)बाट गणेशबहादुर लामगादे चुनावी मैदानमा उत्रिएका छन् ।
दुई लाख ५४ हजार ३९७ मतदाता रहेको जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।








