आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्ति चरणमा पुगेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले शुक्रबार आयोजितनिर्वाचन र आमसंचार विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्याशालामा चुनावको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘निर्वाचनको सबै सामग्री आइपुगेको छ । मतपत्र छापिएर सम्बन्धित क्षेत्रमा पुर्याउने काम चलिरहेको छ । चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । ४ फागुनबाट उम्मेदवारहरूले प्रचारप्रसार गर्नुहुन्छ त्यहाँ आचारसंहितामा उलंघन भएको देख्नुभएमा आयोगलाई जानकारी गराइदिनुहोला,’ उनले भने, ‘हामी ६ महिनामा निर्वाचन गराउछौ भनेर लागि रहेका छौं । यसपटक बदर मतको संख्या घट्छ र मतदान प्रतिशत बढ्छ ।







