काठमाडौं । कैलालीको चुरे गाउँपालिका-५, खानीडाँडामा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

म.प्र ०३-००१ क ३११७ नम्बरको टिपरमा बा.प्र ०२-०३५ प ३८०२ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ बस्ने ५५ वर्षीय शिवबहादुर बमको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।