बंगलादेशका परराष्ट्रमन्त्रीलाई नेपालको पत्र

समाचार शेयर गर्नुहोस्

 

परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशका समकक्षी हसन महमुदलाई बधाई चिठी पठाएका छन्।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले परराष्ट्रमन्त्री हसनलाई सोमबार चिठी हस्तान्तरण गर्दै प्रधानमन्त्री शेख हसिना नेतृत्वको वर्तमान सरकारसँग नेपालले मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन्।

राजदूत भण्डारीले २३ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशकी समकक्षी हसिनालाई पठाएको बधाई चिठीको पनि त्यसक्रममा उल्लेख गरेका छन्।

राजदूत भण्डारीले दुई देश र जनताको पारस्परिक हितका लागि बंगलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने नेपाल सरकारको प्रतिबद्धता सुनाएका छन्। ‘भेटमा नेपाल–बंगलादेशबीचको आर्थिक सहयोगलाई थप मजबुत बनाउने उपायबारे विचार आदान–प्रदान भएको छ,’ ढाकास्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको