स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।
अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९०० रूपैयाँले घट्दै ३ लाख १ हजार ९०० रूपैयाँमा झरेको हो ।
तथापि, यता चाँदीको मूल्य भने आज तोलामा २५ रूपैयाँले बढ्दै ४ हजार ८८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६० रूपैयाँमा कारोबार भएको थियो ।








