जनकपुरधाम। नेपाली कांग्रेस मधेशका सभापति तथा मुख्यमन्त्री कृष्ण कुमार यादवले विषम राजनीतिक परिस्थितिका बाबजुद पार्टी एकजुट रहेको बताएका छन्।

जनकपुरधामस्थित तिरुहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति यादवले चुनौतीपूर्ण अवस्थाले पार्टीलाई झनै सुदृढ बनाएको दाबी गरे। उनले भने, ‘यस्तो विषम परिस्थितिमा पनि कांग्रेस एकढिक्का हुनु सकारात्मक संकेत हो।

सभापति यादवका अनुसार नोमिनेशन प्रक्रिया सुरु भएदेखि असन्तुष्ट भई टाढिएका तथा भुलेर–भट्किएका कांग्रेस कार्यकर्ता पुनः पार्टीमै फर्किएको र अहिले सबै मिलेर एकजुट रूपमा अघि बढिरहेको अवस्था छ।

उनले संगठन सुदृढीकरण र आपसी सहकार्यलाई प्राथमिकता दिँदै आगामी राजनीतिक यात्रामा मजबुत ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।