नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेलाई ठुलो सांगठनिक झट्का लागेको छ। बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ५० जना भन्दा बढी सक्रिय नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार हितबहादुर तामाङले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे । स्वागत गर्दै नेता तामाङले अबको विकास र समृद्धिको नेतृत्व कम्युनिस्ट पार्टीले मात्र गर्ने दाबी गर्दै नयाँ सदस्यहरूलाई पार्टीमा उचित जिम्मेवारी र सम्मान दिइने प्रतिबद्धता व्यक्त गरे ।
दुप्चेश्वरका विभिन्न टोल र बस्तीबाट नेपाली कांग्रेस परित्याग गरी कम्युनिस्ट पार्टी रोज्नेहरूमा रोश बहादुर तामाङ, सानु कान्छा तामाङ, होम बहादुर तामाङ,, चैनामा तामाङ, भिम बहादुर तामाङ हुन् ।
त्यसैगरी दुप्चेश्वरकै अन्य क्षेत्रबाट इनामा तामाङ, लाल माया तामाङ, काली तामाङ, मरफिले तामाङ, कान्छी तामाङ, काले तामाङ, मिने तामाङ, गोरे तामाङ, कृष्ण बहादुर, पूर्ण बहादुर र हरि बहादुर तामाङ लगायतका ५० भन्दा बढी कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी प्रवेश गरेका छन् । अहिलेका जेन जि पुस्ताका युवाहरु पनि नेपाली कम्युनिस्ट पार्टिमा प्रवेश गर्नुले नुवाकोट क्षेत्र नम्बर १ तारामय बनेको हो।
पार्टी प्रवेश गर्ने कार्यकर्ताहरूले नेपाली कांग्रेसको वर्तमान कार्यशैली र नीतिप्रति असन्तुष्टि जनाउँदै मुलुकको समृद्धिका लागि कम्युनिस्ट विचार नै उत्तम रहेको उल्लेख गरेका छन् । दुप्चेश्वरमा भएको यो ठुलो राजनीतिक ध्रुवीकरणलाई आगामी निर्वाचनको तयारी नेपाली कम्युनिस्ट पार्टीको बढ्दो प्रभावका रूपमा हेरिएको छ। कार्यक्रममा कम्युनिस्ट पार्टीका अन्य स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।








