दाङमा नेकपा एमालेको झन्डा जलाएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले दिएको जानकारीअनुसार फागुन ७ गते राति दाङको तुलसीपुर उपमहानगरपालिका-५, वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अङ्कित झन्डा जलाइएको घटनामा थप २ युवकलाई नियन्त्रणमा लिइएको हो।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाकै वडा नं. ४, हलवारका वर्ष ३० वर्षीय प्रहरीले रमेश राना मगर र सोही उपमहानगरपालिका वडा नं. ६, गाइडरका २४ वर्षीय विक्रम परियारलाई प्रहरीले पक्रेको हो।
यसअघि त्यही घटनामा बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका छन्।
हालसम्म पक्राउ परेका तीनैजना उपर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी जारी रहेको डीएसपी बोहराले जानकारी दिए।








