काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले यहि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने भएको हो ।

सरकारको मंगलबार बसेको मन्त्रिपरिषद फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा सरकारले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।