काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा.लि.बीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार, बालुवाटार, काठमाडौंस्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घरपालुवा जनावरहरूको ग्रुमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।








