काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि दिन नसकेको बताएका छन्।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अब आफूलाई प्रमाण नचाहिएको भन्दै कटाक्ष गरे।
उनले भने, ‘मलाई धेरै नबोल, तिखो नबोल भन्छन्, चर्को नबोल भन्छन् म परे रवि लामिछाने। अलिअलि नघोची हुँदैन। मलाई टुच्च टुच्च न घोचेची म पनि चुप लाग्थे नि। ठाउँ ठाउँबाट घोचिरहन्छन्। ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो। मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ। म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला।’
उनले आफूहरू मागेर देश बनाउने पक्षमा नरहेको भन्दै गरिखाने देश बनाउने बताए।








