रसुवा : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–४ लाङटाङस्थित सामुदायिक भवन मुण्डुमा रहेको मतदान केन्द्रको लागि प्रस्थान गरेका कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र पुगिसकेका छन् ।

रसुवाको पैदल यात्राबाट जानु पर्ने सबैभन्दा टाढा रहेको तथा मतदान केन्द्र हो । सो मतदान केन्द्रमा ३ सय ७३ जना मतदाता रहेको लाङटाङ पुगेका मतदान अधिकृत धर्मराज न्यौपानेले बताए ।