काठमाडौँ। तेह्रथुमको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले जित हासिल गरेका छन्। उनले एमालेका हेभीवेट नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई ८७९ मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार सुब्बाले ११ हजार ५६१ मत प्राप्त गरे भने ढकालले १० हजार ६८२ मत पाएका छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत ल्याएका छन्।
एमालेको बलियो पकड रहेको मानिने तेह्रथुममा कांग्रेसको यो जितलाई निकै महत्वपूर्ण मानिएको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन्।
एमालेको बलियो क्षेत्र मानिने तेह्रथुममा कांग्रेसका सुब्बाले कडा प्रतिस्पर्धाका बीच बाजी मारेका हुन्।
अहिले सदरमुकाम म्याङलुङ र आसपासका क्षेत्रमा कांग्रेस कार्यकर्ताहरूले विजयी उत्सव मनाइरहेका छन्।








