चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्यधिक मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् ।
उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहाललाई पराजित गरिन् । भरतपुर महानगरवालिकाकी पूर्वमेयर समेत रहेकी दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।








