काभ्रेपलान्चोक-२ नम्बर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन भण्डारी विजयी भएका छ्न् । नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै भण्डारी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारीले ५३ हजार ३४४ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे ।








