काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुरुआती १९९ मतको गणना हुँदा गुरुङले ९० मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ३४ मत पाएका छन्। नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले भने मात्र ७ मत प्राप्त गरेका छन्।
दुर्गम उत्तरी गोरखाको चुमनुब्री-१ बाट मतगणना सुरु गरिएकाले अहिलेको नतिजा प्रारम्भिक मात्र हो। यस क्षेत्रमा ६४ हजार ५ मत खसेकाले अन्तिम नतिजा आउन अझै केही समय लाग्ने देखिएको छ। जेन-जी आन्दोलनबाट चर्चामा आएका युवा उम्मेदवार गुरुङको अग्रताले गोरखाको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।








