विराटनगर । कोसी प्रदेशमा पहिचानवादी दललाई यसपटकको निर्वाचनले किराना लगाइदिएको छ । बरु, त्यो स्थान हर्क साम्पाङको श्रम संस्कृति पार्टीले लिएको छ । हर्कले पहिचानसमेतको मुद्दालाई अघि सारेकाले यसपटक मतदाताको रुझान श्रम संस्कृति पार्टीतिर देखिएको छ ।
०७४ को कोसी प्रदेशसभा निर्वाचनमा पहिचानवादी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एकजना सदस्य निर्वाचित बनेका थिए । तर, ०७९ मा प्रदेशमा निल भएको मञ्चका कुनै पनि उमेदवार यसपटक निर्वाचित हुन सकेनन् । तर, श्रम संस्कृतिका तीनजना उमेदवार प्रत्यक्षतर्फ निर्वाचित बने । समानुपातिकतर्फको मत परिणामले समेत यो दल राष्ट्रिय हुने देखिएको छ ।
कोसीमा पुराना र ठूला भनिएका दलसँग प्रतिस्पर्धा गर्दै श्रम संस्कृति उदाउँदा पहिचानवादी दल भने किनारामा पुगेका छन् । तर, पहिचानको बागडोर भने श्रम संस्कृतिको हातमा पुगेको छ ।
कोसीमा समानुपातिक मततर्फ श्रम संस्कृति पार्टी चोथौ ठूलो दल बनेको छ । श्रम संस्कृतिले यहाँबाट मात्रै दुई लाख ८५ हजार १९ मत प्राप्त गरेको छ । यो दल नेपाली कम्युनिस्ट पार्टीभन्दा अगाडि छ । यता, पहिचानका मुद्दा लिएर राजनीतिमा विगत डेढ दशकदेखि सक्रिय कुमार लिङ्देनको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशभर जम्मा तीन हजार ५१५ मत पाएको छ ।
कतिसम्म भने, मञ्चको प्रभाव क्षेत्र मानिएका जिल्लामा समेत श्रम संस्कृतिले आफ्नो बलियो उपस्थिति देखाएको छ । टुटफुटबाट गुज्रिएको मञ्च लामो समयदेखि खासै सक्रिय थिएन । त्यसको मौका उठाउँदै श्रम संस्कृतिले मञ्चको रिक्तता पूरा गरेको छ ।
कोसीमा पहिचानकै मुद्दा लिएर राजनीति गरिहेको मितेरी पार्टी नेपालका महासचिव डिल्ली मिभकले श्रम संस्कृतिक फरक पार्टी भए पनि पहिचानको आन्दोलन जिउँदो छ भन्ने उसले प्राप्त गरेको जनमतबाट देखिएको बताउँछन् । “आन्दोलनको रिफ्लेक्सन अझै छ, मरेको छैन । आन्दोलनका रूपमा कुनै न कुनै कोणबाट आयो, लिम्बुवान, खम्बुवान वा श्रम संस्कृतिकै नाममा भए पनि मत आयो । क्रान्ति ज्युँदो छ भन्ने बुझ्नुपर्दछ,” उनले भने ।
श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले श्रम संस्कार र पहिचानलाई बलियो ढंगले उठाएका कारण राम्रो जनमत बटुल्न सकेको मिभकले सुनाए ।
पाँचथरमा श्रम संस्कृतिले समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएर शीर्षस्थानमा छ । यो जिल्लामा पार्टीले १८ हजार ३६८ मत प्राप्त गरेको छ । भोजपुरमा पनि सबैभन्दा धेरै १६ हजार १५० मत प्राप्त गरेको छ । यो जिल्लामा श्रम संस्कृतिका उमेदवार ध्रुवराज राई निर्वाचित बनिसकेका छन् । उनले एमालेका सचिव शेरधन राईलाई पराजित गरेका हुन् ।
यसैगरी, दलले खोटाङमा पनि उल्लेख्य अर्थात् १८ हजार १३१ मत प्राप्त गरेको छ । यहाँ पनि आरेन राई सांसद निर्वाचित भएका छन् यस्तैप, उदयपुर–२ मा दोस्रो नम्बरमा रहेको दलले १२ हजार २९६ मत प्राप्त गरेको छ ।
कोसीका तराई क्षेत्रका जिल्लामा समेत यो दलको राम्रो उपस्थिति देखिएको छ । सुनसरी–१ मा पार्टी अध्यक्ष साम्पाङ निर्वाचित भएका छन् । सो क्षेत्रमा समानुपातिकतर्फ ३२ हजार २३० मत प्राप्त गरेको छ ।
श्रम संस्कृतिले कोसीका जिल्लामा प्राप्त गरेको समानुपातिक मत
झापा : ४५ हजार ३२५मोरङ : ४४ हजार २०१सुनसरी : ४५ हजार ६९४








