सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ । सिरहा सदरमुकामस्थित जिल्ला अदालतअगाडिको बार एसोसिएसन भवनमा रहेको एक ‘ल फर्म’मा बुधबार अपराह्न विस्फोट भएको हो ।

अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा परी फर्ममा काम गर्ने एक सहयोगीको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ ।

सिरहा प्रहरी प्रमुख एसपी वासुदेव पाठकका अनुसार सुतली बम हो वा अन्य बम हो भन्ने एकिन भइसकेको छैन । घटनास्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ ।