काठमाडौं । कञ्चनपुरमा बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपलिका–१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त–९ का ४० वर्षीय हिरा नाथ छन् ।

४० वर्षीया एक महिलाको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । बुधबार (फागुन २७) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नरेश र हिराले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।