महेन्द्रनगर । पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जीप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से१ज १४०५ बोलेरो जीप र विपरित दिशाबाट आइरहेको म२प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको बताए ।
“घटनाको विस्तृत विवरण आउन बाँकी छ”, प्रहरी निरीक्षक थापाले भने, “मोटरसाइकल चालक र सवारको मृत्यु भए पनि पहिचान खुल्न सकेको छैन ।”
प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।








