राप्रपाका नेता तथा काठमाडाैं क्षेत्र नम्बर-५ बाट चुनावमा पराजित भएका पूर्वउपप्रधानमन्त्री कमल थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाललाई हिन्दु राष्ट्र बनाउने हो भने राप्रपाका पाँच सांसदको साथ हुने बताएका छन् ।
थापाले रास्वपालाई दुईतिहाई पुग्नबाट दुई मत अभाव भएको भन्दै हिन्दु राज्य बनाउने हो भने आफ्नो दलका पाँच जनाको साथ हुने सामाजिक संजालमा लेखेका छन् ।
थापाले भनेका छन्, ‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ । यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’








