काठमाडौंको नयाँबस्तीमा १ जना पुरुष मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका ६ नयाँबस्ती नागेश्वर गल्ली एरियास्थित सडक नजिकको खाली जग्गामा अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ ।
शनिबार बिहान मृत फेला परेका पुरुषको हाल नाम, थर र वतन खुल्न सकेको छैन ।






