मुगु- मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै छन् । मुगुमा व्यवसायिक रुपमा खेती गर्दै आइरहेका अगुवा कृषक र प्राविधिकहरुको सहभागितामा विधि सिकाइएको हो ।
ओखर खेती लगाउने आधुनिक तरिका र आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा हिउँदे फलफूल नर्सरी फलफुल ब्यावस्थापन सम्बन्धि ओखर खेती गने विधि सिकाइएको हो । तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र सैद्धान्तिक कक्षा सञ्चालन गरीएको थियो । अगुवा कृषि, प्राविधिकहरूको सहभागिता रहेको उक्त तालिम तीन दिनसम्म सन्चालन भएको हो ।
ओखर उत्पादन प्रविधि र गुणस्तरीय बिरुवा उत्पादनका प्रविधिहरूका बारेमा अगुवा कृषि प्राविधिकहरूलाई व्यवहारिक रूपमा सिकाउने मुख्य उद्देश्य रहेको र मुगुलाई आउँदा दिनमा ओखरका बिरुवा उत्पादन गरी बाहिर जिल्ला निर्यात गर्ने र बिरुवासहित आत्मनिर्भर जिल्ला बनाउने उदे्श्यका साथ प्रशिक्षण दिइएको हो ।
तालिममा ६० देखि ७० प्रतिशत व्यावहारिक र ३० देखि ४० प्रतिशत सैद्धान्तिक कक्षाहरू हुनेछन् । तालिममा कृषक र प्राविधिक गरी जम्मा ३१ जनाको सहभागि रहेको संयोजक भावना जैसीले बताइन् । तालिममा प्रयोगात्मक वा व्यावहारिक र सैद्धान्तिक बिषयहरुमा केन्द्रीत तथा अगुवा कृषकहरुलाई तालिम सिकाएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजना प्रमुख तेज विक्रम मल्लले बताए ।
तालिममा नेपालमा ओखर खेतीको हालको अवस्था यसको महत्त्व, सम्भावना तथा चुनौतीहरू र उन्नत खेती प्रविधिबारे जानकारी गराइएको छ । त्यस्तै उपयुक्त हावापानी, माटो, जग्गा छनोट, रेखाङ्कनका विधिहरू, खाडलको तयारी र रोपण, जग्गा छनोट, बगैँचा व्यवस्थापन सिँचाइ, गोडमेल, मल्चिङ्, अन्तरबाली व्यवस्थापन, भण्डारण तथा बजारीकरणको बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि प्रदान गरिएको सहभागी अगुवा कृषक बाच बहादुर बुढाले बताए ।
ओखर खेतीको व्यावसायिक योजना र लाभ लागत अध्ययन विश्लेषण तथा व्यावसायिक ओखर खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा पनि जानकारी गराएको छ । तालिममका सिकेका कुराहरु व्यवहारिक वा प्रयोगात्मक रुपमा प्रयोगमा ल्याउन प्रशिक्षक तथा वागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाका वैज्ञानिक राजकुमार गिरीले बताए ।







