काठमाडौं- श्रम संस्कृति पार्टीले ४ समानुपातिक सांसदको नाम छनोट गरेर टुंगो लगाएको छ ।

आदिवासी महिलाबाट मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूको नाम छनोटसँगै टुंगो लागेको हो ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा श्रम संस्कृतिले ३ लाख ८५ हजार ९०२ मत पाएको थियो । साथै, निर्वाचन आयोगले श्रम संस्कृतिले पाएको समानुपातिक मतअनुसार समानुपातिकतर्फ ४ जना सांसद पाउने जनाएको थियो ।