काठमाडौं- बलिउड सिनेमा ‘धुरन्धर:द रिभेन्ज’ले चार दिनमा प्रिमियरसहित ३८८ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ । आइतबार मात्रै यो चलचित्रले १०४ करोड कलेक्सन गरेको छ ।
‘धुरन्धर:द रिभेन्ज’एकल भाषामा एकै दिन सय करोड रुपैयाँ कलेक्सन कटाउने पहिलो चलचित्र बनेको छ ।
बुधबार ४० करोड, बिहीबार ७५ करोड, शुक्रबार ७२ करोड, शनिबार ९७ करोड र आइतबार १०४ करोड रुपैयाँ कलेक्सन गरेको बलिउड सिनेमाका समीक्षक तथा ट्रेड एनलाइसिस्ट सुमित कँडेलले बताएका छन् ।
आदित्य धरको लेखन तथा निर्देशन रहेको जासुसी थ्रिलर ‘धुरन्धर:द रिभेन्ज’मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदी लगायत कलाकारको अभिनय छ ।
यो सिनेमामा पाकिस्तानको आतंकवादी समूहविरूद्ध लड्ने भारतीय जासुसी मिसनको कथा छ ।








