बंगलादेशमा बुधबार साँझ पद्मा नदीमा बस खस्दा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ।
एघार यात्रु भने पौडी खेलेर बाँच्न सफल भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।
बसमा लगभग ४० जना सवार थिए।
बस राजबारी जिल्लाको दौलादिया टर्मिनलमा दुर्घटनामा परेको हो।
बस फेरी (ठुलो डुंगा) चढ्दै गर्दा चालकले नियन्त्रण गुमाएपछि बस नदीमा खसेको बताइएको छ।
बंगलादेशमा बसलगायत सवारीसाधनलाई नदी पार गराउन फेरी प्रयोग गरिन्छ। यो ठुलो डुंगा वा जहाजजस्तै हुन्छ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले दुर्घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन्।








