काठमाडौं । आज दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम हुँदैछ ।

फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित २७५ जना सदस्यमध्ये नेपाली कांग्रेसका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा शपथ लिएर बाँकी २७४ जनालाई शपथ खुवाउने छन् । यो शपथग्रहण नेपालको भाषिक विविधताको उत्सव पनि हो । किनकी ४७ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषा (वा रोजेको भाषा) मा शपथ लिने तयारी गरेका छन् ।

संघीय संसद सचिवालयका अनुसार, शपथ ऐन २०७९ को दफा ५ (२) मा मातृभाषामा शपथ लिन चाहने सांसदले अनुसूचीमा उल्लेखित शपथको व्यहोरा आफ्नो भाषामा अनुवाद गरी प्रमाणित गरेर कार्यक्रम हुनुभन्दा तीनदिन अगाडि सचिवालयमा पेस गर्नुपर्ने स्पष्ट व्यवस्था छ । सोही व्यहोरा अनुसार ४७जनाले यसरी नामदर्ता गराएकाहुन् । यो व्यवस्था २०७२ को संविधानको भावना अनुरूप छ, जसले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको छ र भाषिक समावेशीताको ग्यारेन्टी गरेको छ ।

हुनत यो यो परम्परा नेपाली राजनीतिमा नयाँ भने पक्कै होइन ।

२०६४ को संविधानसभामा २६४ जनाले विभिन्न मातृ भाषामा शपथलिएका थिए । जो अहिलेसम्मको रेकर्ड पनिहो । त्यसपछि २०७० मा ३५, २०७४ मा ४६ र २०७९ मा २८ जनाले मातृभाषा रोजेका थिए । तर यो पटकको विशेषता के हो भने संस्कृतदेखि थारु, नेपालभाषा, मैथिली, डोटेली, भोजपुरी, मगही, बान्तावा, चाम्लिङ, तामाङ, अबधि, मगरखाम, बझाङी, बजिका, रानाथारूसम्म १७भाषा समावेश छन् ।

संसद सचिवालयको दर्ता अनुसार भाषागत रूपमा राप्रपाकी समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिनेछिन् भने मैथिलीभाषामा १४ जना सप्तरीकीअकिता ठाकुर, मोरङकी आशा झा, महोत्तरीका उज्ज्वलकुमार झा, महोत्तरीकै कामिनी कुमारी, सिराहाका तपेश्वर यादव, महोत्तरीका दीपककुमार साह, सुनसरीका अर्का दीपककुमार साह, सर्लाहीका नरेन्द्र साह कलवार, सुनसरीकी निशा मेहता, धनुषाका मनिषझा, मातृका प्रसादयादव, सप्तरीका रामजी यादव, सिराहाका शम्भुकुमार यादव, सप्तरीका सिताराम साह र धनुषाका जोगकुमार बरबरिया यादवले लिने छन् ।

त्यसैगरी नेपालभाषा अर्थात नेवारी भाषामा ९ जना काठमाडौंकी अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, भक्तपुरकी गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जित, काठमाडौंका विराजभत्त mश्रेष्ठ र रौतहटकी शाहजान खातुनले लिने छिन् ।

त्यस्तै थारु भाषामा सप्तरीका अमरकान्तचौधरी, सुनसरीकाअशोककुमार चौधरी, कञ्चनपुरकी गीता चौधरी, मोरङकी प्रमिलाकुमारी गच्छदार, कञ्चनपुरका कृपाराम राना, कैलालीकी करिस्मा कठरिया, दाङका सुरेन्द्र चौधरीले शपथलिने छन् भने डोटेलीभाषामा डडेलधुराका आकृति अवस्थी र हरिनादेवी कामी, कञ्चनपुरका दीपककुमार बोहराले लिने छन् ।

यसैगरी भोजपुरी भाषामा रुपन्देहीका कन्हैया बनियाँ, पर्साका बुद्धिप्रसाद पन्त र रौतहटका रवीन्द्र पटेलले शपथ लिँदै छन् भने मगहीभाषामा बागलुङका गंगा छन्त्याल, धनुषाका जोगकुमार बरबरिया यादव, धनुषाका राजकिशोर महतो, महोत्तरीका प्रमोदकुमार महतोले शपथ लिँदा बान्तावा भाषामा भोजपुरका ध्रुवकुमार राई, बजिका भाषामा सर्लाहीकी नीतिमा भण्डारी र रौतहटका राजेशकुमार चौधरीले शपथ लिने छन् ।

यसैगरी चाम्लिङ भाषामा इलामका निश्कल राई, तामाङ भाषामा काठमाडौंका परशुराम तामाङ, अबधि भाषामा बाँकेका मो. इश्तियाक राई, मगरखाम भाषामा बागलुङकी रेनुका काउँचाले, बझाङी भाषामा बझाङका ऐनबहादुर महरले शपथ लिनेछन् ।