काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ बस्ने गुल्मीका ४५ वर्षीय रवीन्द्रजंग रायमाझी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
रवीन्द्रले क्रोएसिया पठाइदिन्छु भनी तीनजना पीडितबाट ११ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।








