काठमाडौं । भदौ २३ र २४ गतेको घटनामा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज (चैत १५) काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

लेखकलाई प्रहरीले शनिबार (चैत १४) मा पक्राउ गरेका थिए । लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेर अदालतमा उपस्थित गराइएको थियो । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गराउने तयारी छ । अहिले लेखकका विषयमा अनुसन्धानका लागि म्याद थपको प्रक्रिया चलिरहेको छ ।