चितवन । मुनलाइट बोर्डिङ स्कुल बाह्रघरेमा परीक्षा दिन गएका दुई जना विद्यार्थीको नारायणी नदीको भंगालोमा डुबेर ज्यान गएको छ ।
कक्षा ७ मा पढ्ने वर्ष १३/१४ वर्षका सनम रम्तेल र प्रशान्त क्षेत्री नारायणी नदीको घोल भएको भंगालोमा डुबेर मृत्यु भएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । दुवै बालकको भरतपुर १६, बाह्रघरेका हुन् ।
उनका अनुसार आज परीक्षा चलिरहेको समयमा उनीहरू विद्यालयमा झोला राखी पौडी निस्किएका र स्कुलको सात सय मिटर दुरीमा रहेको नदीको डुबेर बेपत्ता भएको स्थानीयले जानकारी गराएका थिए ।
त्यसपछि उद्धार गरी भरतपुर अस्पताल ल्याइएको दुबैजनाको साढे २ बजे अस्पतालले मृत घोषणा गरेको एसपी पुरीले जानकारी दिए ।
प्रहरी प्रमुख एसपी पुरीका अनुसार विद्यालयले कलम किन्न भनेर गेट बाहिर जाने स्वीकृति दिएको जनाएको छ । यद्यपि अभिभावकले भने विद्यालयले लापरबाही गरेको आरोप लगाएका छन् ।






